महेन्द्रनगर । महेन्द्रनगरका युवाहरुले गरिव तथा विपन्नहरुलाई न्यानो कपडा वितरण गरेका छन् । मंगलवार युवाहरुले दोधारा–चाँदनी नगरपालिका–३ का विपन्नहरुलाई कपडा वितरण गरेका छन् ।
यसअघि भीमदत्त नगरपालिका महेन्द्रनगर स्थित विभिन्न क्षेत्रमा गएर उनिहरुले कपडा वितरण गरेका थिए । लुगा कपडा अभावका कारण कसैलेपनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कपडा वितरण गरिन थालिएको उक्त कपडा वितरण अभियानमा जोडिएका युवाहरुले बताएका छन् ।
उनिहरुका अनुसार प्रयोग विहिन, सफा, नफाटेका कपडाहरु संकलन गरेर उक्त कपडाहरु आवश्यकता भएका व्यक्तिहरुलाई वितरण गर्न थालिएको हो । समाजसेवी युवाहरुले सो अभियानलाई निरन्तरता दिने बताए ।
उनिहरुले निरन्तर यस्ता समाजिक कार्य गर्दै आएका छन् ।