महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–०२ महुलिया स्थित सरस्वती माध्यमीक विद्यालयको ५२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार सरस्वती माध्यमीक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमराज भट्टको अध्यक्षता एवम् भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको प्रमुख आथित्यतामा विद्यालयको ५२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
वार्षिकोत्सवमा नगर प्रमुख बोगटीले बालवालिकाहलाई नैतिक शिक्षा र हाम्रो समाज बुझाउन जरुरी भएको बताए । ‘पछिल्लो समय हाम्रा नानीबाबुहरु साथीसंगत, समाजिक संञ्जालको दुरुपयोग लगाएतका कारण विभिन्न गैरकानुनी कार्यमा फस्दै गएका छन् ।’ उनले भने ‘अधिकांश अहिलेको पुस्तालाई हाम्रो संस्कार, हाम्रा कला संस्कृति, ज्ञान सीपको अभाव देखिन्छ ।’ उनले अगाडी भने ‘सोही कुरालाई मध्यनजर गर्दै हामीले अहिले विद्यार्थीहरुमा निहित क्षमता, प्रतिभाहरुको पहिचान तथा उनिहरुलाई हाम्रा कला संस्कृति, संस्कार, समाज चिनाउने उद्देश्यले साताको प्रत्यक शुक्रवार विद्यालयहरुमा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम ल्याएका छौँ ।’
यस्तै उनले विद्यालयको समग्र विकासका लागि आवश्यक सहयोग गर्न पछि नपर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टले विद्यालयमा विद्यालय बस सेवा संचालन, सुविधा सम्पन्न भवन निर्माण लगाएतका कार्य भएको भन्दै विद्यालयको समग्र थप विकासका लागि आफु प्र¥यासरत रहेको बताए ।
वार्षिकोत्सवमा भीमदत्त नगरपाकिला–०२ का वडाध्यक्ष उत्तम प्रसाद भट्टले विद्यालयको विकासमा सक्दो सहयोग गरिएको भन्दै आगामी दिनमा समेत वडा कार्यालय र आफ्नो व्यक्तिगत रुपमा समेत विद्यालयको विकासका लागि लाग्ने बताए । वार्षिकोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण लगाएतका क्रियाकलाप गरिएका थिए ।