प्रेस युनियन कञ्चनपुरद्वारा अक्षयकोष र पुरस्कार स्थापनार्थ होली कार्यक्रम शुरु

महेन्द्रनगर । नेपाल प्रेस युनियन शाखा कञ्चनपुरले अक्षयकोष र पुरस्कार स्थापनाका लागि होली विशेष कार्यक्रमको आयोजना गरेको छ । सोमबार महेन्द्रनगरस्थित प्रेस युनियनको कार्यालयमा होली पर्वको शुभकामना आदानप्रदान सहित होली कार्यक्रमको शुभारम्भ गरिएको नेपाल प्रेस युनियन कञ्चनपुरले जनाएको छ ।

नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशका महासचिव हरिश भट्टको प्रमुख आतिथ्यतामा होली पर्व–२०८१ को शुभकामना आदान–प्रदान सहित अक्षयकोष र पुरस्कार स्थापनार्थ होली कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

प्रदेश महासचिव भट्टले नेपाल प्रेस युनियन कञ्चनपुरको यो पहल सराहनीय रहेको उल्लेख गर्दै सञ्चारकर्मीहरूको सुरक्षा एवम् समस्यामा परेको समय मलम लगाउनका लागि यस्ता कोष आवश्यक रहेको बताए ।

नेपाल प्रेस युनियन कञ्चनपुरका संस्थापक अध्यक्ष माधव सिंह धामीले होली पर्वको शुभकामना व्यक्त गर्दै पत्रकार दुःखी विरामी हुदाँ वा गाह्रो, अप्ठ्यारो पर्दा सहयोग गर्न यो कोषको आवश्यक रहेकोले सबैले यो कार्यक्रमलाई सहयोग गर्नुपर्नेमा जोडदिए ।

होली पर्वको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमको उद्देश्य सञ्चारकर्मीहरूको हित र समस्यामा सहयोग गर्ने भएको नेपाल प्रेस युनियन शाखा कञ्चनपुरका अध्यक्ष तेज बहादुर सिंहले बताए ।

कार्यक्रममा अन्य वक्ताहरुले होलीको शुभकामना व्यक्त गर्दै पत्रकारहरुको हितका लागि यो कार्यमा सबैले लाग्नुपर्ने बताए । उक्त कार्यक्रममा नेपाल प्रेस युनियन कञ्चनपुरका पदाधिकारी, सदस्यहरु, शुभचिन्तक लगाएतको उपस्थिति रहेको थियो ।

Advertisementspot_img

ताजा समाचार