दोधाराचाँदनी झोलुङ्गे पुल भत्किँदा आफ्नो सपना नै भत्किएजस्तो भयो : पूर्वगृहमन्त्री लेखक

प्रकाशित मिति:
spot_img

कञ्चनपुर । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले महाकाली नदीमाथिको दोधाराचाँदनी झोलुङ्गे पुल भत्किँदा आफ्नो एउटा ठूलो सपना भत्किएको अनुभूति भएको बताएका छन्। गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको उक्त ऐतिहासिक पुलको शुक्रबार बिहान स्थलगत अनुगमन गर्दै उनले यस्तो बताएका हुन्।

पुल निर्माणको योजनादेखि सम्पन्न हुँदासम्म आफू प्रत्यक्ष संलग्न रहेको स्मरण गर्दै पूर्वगृहमन्त्री लेखकले दोधाराचाँदनीलाई सिङ्गो देशसँग जोड्ने यो पुल सामान्य आवतजावतको साधन मात्र नभई राष्ट्रकै गौरवपूर्ण सम्पदा भएको उल्लेख गरे। यस पुलले विगतमा नेपाली भूमि जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गरेको चर्चा गर्दै उनले ऐतिहासिक महत्त्व बोकेको यस संरचनाको यथाशीघ्र पुनर्निर्माण र संरक्षणमा जुट्न सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले क्षतिग्रस्त पुलको पुनर्निर्माणका लागि आफ्नो तर्फबाट आवश्यक सम्पूर्ण पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

spot_img

ताजा समाचार