नेपाल लोकतान्त्रिक खेलकुद संघ कञ्चनपुरद्वारा रक्तदान

महेन्द्रनगर । लोकतन्त्र दिवसको अवसरमा नेपाल लोकतान्त्रिक खेलकुद संघ कञ्चनपुरले भव्य रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस कञ्चनपुरका सभापति तथा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघ कञ्चनपुरका अध्यक्ष राजेन्द्र केसीको नेतृत्वमा उल्लेखनीय सहभागिता देखिएको थियो । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर, मन्त्र हस्पिटल, इन्जा पानी लगायत विभिन्न संस्थाहरूको महत्वपूर्ण सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बोगटीले लोकतन्त्र केवल राजनीतिक मूल्य नभई सामाजिक उत्तरदायित्व पनि भएको उल्लेख गर्दै भने, “स्वस्थ समाज निर्माणको लागि यस्ता सेवामूलक कार्यक्रमहरू आवश्यक छन् । संघको यो पहल प्रशंसनीय छ, यसले लोकतान्त्रिक चेतना र नागरिक उत्तरदायित्व दुवैलाई बल पुर्‍याउँछ।”

त्यस्तै, संघका अध्यक्ष केसीले सबै सहयोगी संस्था र रक्तदाताप्रति धन्यवाद ज्ञापन गर्दै भने, “लोकतन्त्रको रक्षा केवल नारामा होइन, कार्यमा देखिनुपर्छ। आजको रक्तदान कार्यक्रम हाम्रो प्रतिबद्धताको एउटा नमूना हो । हामी आगामी दिनहरूमा अझ बढी सामाजिक कार्यमा अग्रसर हुने छौं ।”

रक्तदान कार्यक्रमले सकारात्मक सन्देश दिएको र नागरिक स्तरमा सहकार्यको भावना अझ प्रगाढ बनाएको सहभागिहरूको प्रतिक्रिया दिएका छन् ।

ताजा समाचार