कञ्चनपुर, सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा कम्प्युटर एशोसिएसन नेपाल (CAN) महासंघ, कञ्चनपुर शाखाले २०८२ बैशाख १९ गते साँझ ७ बजेदेखि “AI at Your Fingertips: Smart Prompting for Smarter Results” शीर्षकमा विशेष एआई वेबिनार आयोजना गर्ने भएको छ।
उक्त वेबिनार CAN महासंघ सुदूरपश्चिम, टेक ब्लगर्स एशोसिएसन अफ नेपाल (TBAN) को सहकार्यमा सञ्चालन हुँदैछ भने SkillSpark ले Powered र SAIM College ले Co-Powered को रूपमा समर्थन प्रदान गरेका छन्। कार्यक्रममा एआई विशेषज्ञ शिरीष महार्जनले प्रमुख वक्ताका रूपमा प्रस्तुति दिनेछन्। उनले एआई टूलहरू, विशेष गरी ChatGPT मा स्मार्ट प्रम्प्टिङ प्रविधिको प्रयोगबाट कसरी उत्कृष्ट परिणाम हासिल गर्न सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी दिनेछन्।
उनले वेबिनारमा प्रम्प्टिङका आधारभूत सैद्धान्तिक पक्षदेखि लिएर व्यवसाय, शिक्षा र सामग्री निर्माणमा यसको प्रभावकारी प्रयोग, सामान्य गल्तीहरू तथा सुधारका उपायहरूबारे समेत छलफल गरिने साथै, प्रत्यक्ष डेमो मार्फत AI मा स्मार्ट प्रम्प्टिङको प्रयोग देखाइने कार्यक्रम संयोजक एवं CAN कञ्चनपुर शाखाका उपाध्यक्ष भास्कर पन्तले जानकारी दिएका छन्।
विभिन्न क्षेत्रका व्यक्तिहरूका लागि उपयोगी आयोजकका अनुसार, वेबिनार विद्यार्थी, अनुसन्धानकर्ता, पेशागत व्यक्तिहरू, उद्यमी, सामग्री निर्माता, विकासकर्ता र शिक्षकहरूमाझ लक्षित गरिएको छ। सहभागीहरूले AI उपकरणहरूको प्रभावकारी प्रयोग, कार्यस्वचालन तथा सामग्री सिर्जना प्रक्रियामा वृद्धि गर्न आवश्यक सीप सिक्न सक्नेछन्।
निःशुल्क र खुला वेबिनार: वेबिनारमा निःशुल्क रूपमा सहभागी हुन सकिने र सर्वसाधारणका लागि खुला रहेको जनाइएको छ। यद्यपि, समयमै दर्ता गरेमा सहभागी हुन सहज हुने आयोजकले बताएका छन्।