मेयर बोगटीको जनतामुखी कामः भुजेला घाटमा निर्माण भयो ‘मलामी घर’

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित महाकाली भुजेला घाटमा जिल्लाका अधिकांश स्थानबाट अन्त्यष्टिका लागि शव ल्याइने गरिन्छ ।

उक्त घाटमा दैनिक कम्तिमा ३÷४ शवको अन्तिम संस्कार हुने गर्दछ । यद्यपी विगतमा त्यहाँ आवश्यक संरचना नहुदाँ मृतकप्रति अन्तिम श्रद्धाञ्जली दिन पुग्ने मलामीहरुले विभिन्न समस्याको सामना गर्नुपर्ने अवस्था थियो ।

घाट आसपास मलामी घर नहुदाँ मलामीहरुले गर्मीमा घाममै उभिनुपर्ने र पानी पर्दा रुज्नुपर्ने लगाएतको समस्याको सामना गर्नु पथ्र्यो ।

सोही कुरालाई मध्यनजर गर्दै उक्त घाटमा मलामी घर निर्माण गरिएको छ । मलामीहरुको सहजताका लागि भुजेला घाटमा संघिय सरकारको सहयोगमा मलामी घर निर्माण गरिएको नगरप्रमुख पदम बोगटीले बताए ।

‘भुजेला घाटमा मलामी घर नहुदाँ मलामीहरु घाममा उभिनु पर्ने र वर्षामा रुज्नुपर्ने समस्या थियो ।’ उनले भने ‘सोही कुरालाई ध्यानमा राखेर अहिले त्यहाँ मलामी घर निर्माण गरिएको छ । अब मलामीहरुलाई गर्मि र वर्षातको समयमा समस्या झेल्नु नपर्ने विश्वास लिएका छौँ ।’

भुजेला घाटलाई थप व्यवस्थित बनाउने कार्य भइरहेको भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले बताए ।

‘पहिला यहाँ मलामी बस्न एउटा विश्रमस्थल समेत थिएन अहिले यहाँ दुई वटा मलामी घर, एउटा मन्दिर निर्माण भएका छन् ।’ उनले भने ‘ यो घाटलाई थप व्यवस्थित बनाउन हामी लागिरहेका छौँ ।’

उनकाअनुसार केहि दिनमा यहाँ शुद्ध खानेपानी र विविध प्रयोजनका लागि ह्याण्ड बोरिङ जडान गरिने कार्य शुरु हुनेछ ।

हाल नगरपालिकाले मलामी घर, शौचालय लगाएतका संरचना निर्माण गरेपछि मलामीहरुलाई सहज भएको स्थानियहरुले बताएका छन् ।

ताजा समाचार