भीमदत्त नगरपालिका–०४ मा स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन

महेन्द्रनगर । भीमदत्त नगरपालिका–०४ मा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्वघाटन गरिएको छ ।

शुक्रवार नगर प्रमुख पदम बोगटीले उक्त भवनको उद्घाटन गरेका हुन् । नगरप्रमुख बोगटीले स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउन नगरपालिकाको प्राथमिकता रहेको भन्दै भवन सञ्चालन भएपछि स्थानीयवासीलाई थप राहत पुग्ने विश्वास व्यक्त गरे ।

वडा नं. ०४ का वडाध्यक्ष सुशील कुमार भट्टले नागरिकको आवश्यकता बुझेर स्वास्थ्य सेवालाई अझ सहज र व्यवस्थित बनाउन यो भवन निर्माण गरिएको बताए ।

उक्त भवनमा आधारभुत स्वास्थ्य सेवा, खोप कार्यक्रम, औषधि वितरण लगायतका सेवा सञ्चालन हुनेछन् । यो केन्द्रले स्थानीयलाई सहज र गुणस्तरीय सेवा दिने अपेक्षा गरिएको छ ।

सो अवसरमा वडामा रहेका जेष्ठ नागरिकहरुलाई वर्षातको समयमा आवश्यक छाता र टर्च लाइट समेत वितरण गरिएको थियो ।

वर्षातमा राती सर्प, किराहरु र चिप्लने जोखिमलाई मध्यनजर गर्दै जेष्ठ नागरिकलाई प्रत्यक वर्ष छाता र टर्छ लाईट वितरण गर्ने गरिएको बताइएको छ ।

कार्यक्रममा नगर उपप्रमुख नीलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, नगर प्रवत्ता पदमराज अवस्थी लगाएतको उपस्थिति रहेको थियो ।

ताजा समाचार