‘कृष्णपुर समाज काठमाडौं’ स्थापना, यादव ओझाको नेतृत्वमा समिति गठन

काठमाडौं – काठमाडौंमा बसोबास गर्ने कृष्णपुरका नागरिकहरूको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई मजबुत बनाउने उद्देश्यसहित ‘कृष्णपुर समाज काठमाडौं’ औपचारिक रूपमा स्थापना गरिएको छ।

संस्थाको अध्यक्षमा यादव ओझाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ। साथै, विभिन्न संयोजन समितिहरू पनि गठन गरिएको छ।

लेखा संयोजकमा सिताराम जोशी, मिडिया समन्वय संयोजकमा दिलीप प्रकाश कार्की, कार्यालय व्यवस्थापन संयोजकमा श्री चन्द्रा ओझा, विधान मस्यौदा संयोजकमा इन्जिनियर तेज बहादुर पाली, र स्वास्थ्य तथा रक्तदान संयोजकमा रेमन्त भट्ट चयन भएका छन्।

अध्यक्ष ओझाका अनुसार वैधानिक प्रक्रिया सम्पन्न भएपछि एक बृहत् कार्यक्रमको आयोजना गरी विशिष्ट कृष्णपुरवासीहरूलाई सम्मान गरिनेछ। संस्थाले काठमाडौंमा समस्यामा परेका कृष्णपुरवासीहरूको सहजीकरण गर्दै, समग्र विकासमा योगदान दिने लक्ष्य लिएको छ।

ताजा समाचार