जेनजी समर्थकद्वारा कञ्चनपुरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा तोडफोड

प्रकाशित मिति:

महेन्द्रनगर । ‘जेनजी’ का समर्थकहरूले सोमबार कञ्चनपुरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा तोडफोड गरेका छन् ।

आन्दोलनका क्रममा आक्रोशित समूहले कार्यालयको प्रवेशद्वार, साइनबोर्ड, तोडफोड गर्दै नाराबाजी गरेका थिए ।

हिजो (सोमवार) काठमाडौं लगाएतका अन्य सहरमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछी आक्रोशित युवाहरुले जिल्लाका विभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरुले ‘केपी चोर देश छोड’,’हत्यारा सरकार चाहिदैन’ भन्दै नाराबाजी गर्दै महेन्द्रनगर बजारमा प्रदर्शन गरिरहेका छन् । यस्तै जेनजी समर्थक युवाहरुले जिल्लास्थित नेपाली कांग्रेस , नेकपा एमालेको जिल्ला कार्यालय, भीमदत्त नगरपालिकामा समेत तोडफोड, आगजनी गरेका छन् ।

प्रदर्शनकारीले जिल्ला प्रहारी कार्यालय लगाएत बजारका मुख्य चोकहरुमा समेत टायर बालेर गरि विरोध गरेका छन् । युवाहरु जिल्लास्थित सरकारी कार्यालयहरुमा प्रदर्शन गरिरहेका छन् ।

ताजा समाचार