जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आगजनी, प्रहरीद्वार अश्रुग्यास प्रहार

प्रकाशित मिति:

महेन्द्रनगर । ‘जेनजी’ का समर्थकहरूले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आगजनी गरेका छन् ।

आन्दोलनका क्रममा आक्रोशित समूहले कार्यालयको प्रवेशद्वार, साइनबोर्ड, झ्याल ढोका तोडफोड गर्दै कार्यालय परिसरमा आगजनी गरेका छन् ।

परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । हिजो (सोमवार) काठमाडौं लगाएतका अन्य सहरमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछी आक्रोशित युवाहरुले जिल्लाका विभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरुले ‘केपी चोर देश छोड’,’हत्यारा सरकार चाहिदैन’ भन्दै नाराबाजी गर्दै महेन्द्रनगर बजारमा प्रदर्शन गरिरहेका छन् ।

ताजा समाचार