काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पूर्वसभापति शेरबहादुर देउवाले दर्ता गराएको पुनरावलोकन निवेदन अघि बढाउने निर्णय गरेको छ।
प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले देउवाको उक्त निवेदनमा पुनरावलोकनको निस्सा दिने आदेश जारी गरेको हो।
यसअघि विशेष महाधिवेशनमार्फत निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको थियो। अदालतको सोही फैसला असन्तुष्ट रहँदै देउवाले पुनरावलोकनका लागि पुनः निवेदन दिएका थिए।
सर्वोच्चको बिहीबारको आदेशसँगै गगन थापा नेतृत्वको कमिटीले पाएको आधिकारिकताका विषयमा अदालतमा पुनः न्यायिक परीक्षण र सुनुवाइ हुने बाटो खुलेको छ।




