कांग्रेस पूर्वसभापति देउवा २८ गते स्वदेश फर्कँदै, स्वागतको तयारी

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब ५ महिनापछि स्वदेश फर्किन लागेका छन्। भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा उनको स्वागतको तयारी भइरहेको नेता मीन विश्वकर्माले बताए।

देउवा २८ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिनेछन्। उनको स्वागतमा ५ देखि ७ हजार कार्यकर्ता विमानस्थल पुग्ने अनुमान छ।

गत फागुन १३ गते सिङ्गापुर गएका देउवा राष्ट्रिय भेलाका लागि काठमाडौँ फर्कन लागेका हुन्। सर्वोच्च अदालतबाट आधिकारिकता विवादमा निस्सा पाएपछि देउवा पक्ष उत्साहित छ। देउवा पक्ष भेलाको तयारीमा लाग्दा संस्थापन पक्ष भने महाधिवेशनको तयारीमा जुटेको छ।

ताजा समाचार