काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो। बैठकमा देशमा विकसित पछिल्ला घटनाक्रमबारे छलफल हुनुका साथै केही महत्वपूर्ण नियुक्तिहरूसहित समसामयिक विषयमा निर्णय हुनसक्ने जनाइएको छ।




