बारामा तीन वर्षीया नाबालिकाको करणीपछि हत्या: म्याजिक सहचालकसहित दुई पक्राउ

प्रकाशित मिति:

बारा । बाराको जितपुरसिमरामा तीन वर्षीया नाबालिकालाई अमानवीय रूपमा जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जितपुरसिमरा उपमहानगरपालिका–१, भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलको छानो भएको खाली घरमा भदौ २ गते बालिका मृत फेला परेकी हुन्।

इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको हो। अनुसन्धानलाई थप प्रभावकारी बनाउन मधेस प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको प्राविधिक टोली परिचालन गरिएको थियो।

प्रहरीको प्रारम्भिक निष्कर्ष अनुसार गत साउन ३१ गते बिहान ८:३० बजे बालिका घरबाटै बेपत्ता भएकी थिइन्। स्थानीय १६ वर्षीय किशोरी/बालक (ना १ ज ७७५८ नम्बरको म्याजिकका सहचालक) ले चकलेटको प्रलोभन देखाई ती बालिकालाई एकान्त ठाउँमा पुर्‍याएर जबरजस्ती करणीपछि हत्या गरेको खुलेको छ।

उक्त घटनामा संलग्नताको आशङ्कामा प्रहरीले ती १६ वर्षीय नाबालक र ना १ ज ७७५८ नम्बरको म्याजिक गाडीका धनी जितपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरी थप कानुनी प्रक्रिया अगाडि बढाएको छ।

ताजा समाचार