मल आपूर्तिमा ढिलाइ भएको कृषिमन्त्री गीता चौधरीको भनाइ, वितरण प्रणाली सहज बनाइने

प्रकाशित मिति:

काठमाडौैं । कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले अन्तर्राष्ट्रिय बजारबाट ल्याउनुपर्ने भएकाले विभिन्न कारणले रासायनिक मल आपूर्तिमा ढिलाइ भएको बताएकी छन्। रास्वपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब मल वितरण प्रक्रियालाई सहज र प्रभावकारी बनाएर जाने बताइन्।

भारतबाट ‘जीटूजी’ प्रक्रियामार्फत मल ल्याउने क्रम जारी रहेको बताउँदै मन्त्री चौधरीले साउन १ देखि अहिलेसम्म ६२ हजार मेट्रिक टन मल भित्रिइसकेको र ६४ हजार मेट्रिक टन बाटोमा रहेको जानकारी दिइन्। चालू आर्थिक वर्षका लागि कुल २ लाख ८८ हजार मेट्रिक टन मल ल्याउन लागिएको उनले स्पष्ट पारिन्।

ताजा समाचार