शिक्षा क्षेत्रका समस्या समाधान गर्न सातै प्रदेशमा ‘शिक्षा संवाद’ अभियान जारी

प्रकाशित मिति:

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रूपमा सम्बोधन गर्ने गरी ‘शिक्षा संवाद’ कार्यक्रममार्फत सुझाव सङ्कलन भइरहेको बताएका छन्।

धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले अब बन्ने नयाँ विद्यालय शिक्षा ऐन र नियमावलीका लागि प्रदेशस्तरमा सञ्चालित ‘शिक्षा संवाद’ कार्यक्रमका माध्यमबाट आएका सुझावहरूलाई नीतिगत रूपमै समेटिने जानकारी दिए।

मन्त्री पोखरेलका अनुसार सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालाहरूसँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा समग्र शिक्षा सुधारसम्बन्धी नीतिमा समावेश गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

सात दिनअघि कोशी प्रदेशबाट सुरु भएको उक्त अभियान मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा सम्पन्न भइसकेको र सातै प्रदेशका सुझावहरू सङ्कलन गर्ने कार्य जारी रहेको उनले बताए।

ताजा समाचार