कञ्चनपुरको बेदकोटस्थित नहरमा डुबेर आठ वर्षीय बालकको मृत्यु

प्रकाशित मिति:

महेन्द्रनगर। कञ्चनपुरको बेदकोट नगरपालिका–३, दैजीस्थित नहरमा डुबेर शनिबार एक आठ वर्षीय बालकको मृत्यु भएको छ। स्थानीय बृख ओखेडाका आठ वर्षीय छोरा साहिल ओखेडाको नहरमा डुबेर मृत्यु भएको हो।

बालक नहरमा डुबिरहेको अवस्थामा आफन्तले फेला पारी तत्काल उद्धार गरेर उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पुर्‍याएका थिए। तर, अस्पतालका चिकित्सकले शनिबार बेलुकी उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ताजा समाचार