वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरण छरितो बनाउन कूटनीतिक नियोगहरूलाई निर्देशन

प्रकाशित मिति:

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि मागपत्र (डिमान्ड लेटर) प्रमाणीकरण प्रक्रियामा हुने ढिलासुस्ती र सास्ती अन्त्य गर्न विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूलाई निर्देशन दिएको छ।

मागपत्र प्रमाणीकरणमा अनावश्यक समय लाग्ने र अपुग कागजातको जानकारी एकैपटक नदिँदा रोजगारदाताले झन्झट बेहोर्नुपरिरहेको गुनासो आएपछि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रियालाई चुस्त र पारदर्शी बनाउन निर्देशन दिएको हो। परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रअनुसार अब गन्तव्य मुलुकका रोजगारदाताले नियोगमा आवेदन दिएपछि नियोगले पहिलो पटकमै अध्ययन गरी आवश्यक थप कागजातको एकमुष्ट सूची उपलब्ध गराउनुपर्नेछ।

पटकपटक कागजात माग्ने परिपाटीले वैदेशिक रोजगारीको समग्र प्रक्रिया लम्बिने र जटिल बन्ने गरेको ठहर गर्दै मन्त्रालयले तोकिएको समयसीमाभित्रै प्रमाणीकरणको काम फर्स्योट गर्न कूटनीतिक नियोगहरूलाई ताकेता गरेको छ।

ताजा समाचार