सिंहदरबारभित्र यूएनडीपीको गाडीले ठक्कर दिँदा रास्वपा सांसदको गाडीमा क्षति

प्रकाशित मिति:

काठमाडौं । सिंहदरबार परिसरभित्र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नितिमा कार्की भण्डारीको गाडीलाई ठक्कर दिएको छ।

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अगाडि बुधबार यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले रोकिराखेको बागमती प्रदेश ०१–०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको हो। दक्षिण गेटतर्फ आउँदै गरेको यूएनडीपीको सवारीले पार्किङ गरी राखिएको सांसद कार्कीको गाडीलाई ठक्कर दिएको जनाइएको छ।

दुर्घटनाबाट सवारीसाधनमा क्षति पुगेको छ भने मानवीय क्षति भएको छैन। घटनाबारे थप विवरण संकलन गरी अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

ताजा समाचार