अस्ट्रेलियाको पश्चिमी सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु, नेपाली युवक पक्राउ

प्रकाशित मिति:

काठमाडौं । अस्ट्रेलियाको पश्चिमी सिड्नीस्थित अर्बनमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा एक नेपाली युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २७ वर्षीय सन्दीप अधिकारी रहेका छन्। उनीमाथि लापरबाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको अभियोग लगाइएको छ। मङ्गलबार दिउँसो अर्बनको नर्मनबी रोडस्थित एक घरको ड्राइभवेमा खेलिरहेकी बालिकालाई अधिकारीले चलाएको कारले ठक्कर दिएको थियो। गम्भीर घाइते बालिकाको वेस्टमिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणपश्चात् बर्वुड स्थानीय अदालतमा उपस्थित गराएको थियो। उनी हाल जमानतमा रिहा भएका छन् भने आगामी अक्टोबर २७ मा पुनः अदालतमा उपस्थित हुन आदेश दिइएको छ।

ताजा समाचार