आगजनीबाट क्षतिग्रस्त टंगालस्थित भाटभटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउँदै

प्रकाशित मिति:

काठमाडौँ । आगजनीबाट ध्वस्त भएको काठमाडौँको टंगालस्थित भाटभटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। योसँगै आगजनीका कारण पूर्ण रूपमा क्षति पुगेका १२ वटा स्टोरमध्ये १० वटा पुनः सञ्चालनमा आएका छन्।

भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल शाखाबाट सोमबारदेखि ग्राहकलाई नियमित सेवा प्रवाह गरिनेछ। ठूलो आर्थिक तथा भौतिक क्षति बेहोर्नु परे पनि कम्पनीले १० हजारभन्दा बढी कर्मचारीको रोजगारी कटौती नगरी उनीहरूको जिम्मेवारीलाई निरन्तरता दिएको छ।

भाटभटेनी सुपर मार्केट प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै ठूलो विपत्ति र पीडाका बाबजुद खरानीबाट पुनः उठ्ने सङ्कल्पका साथ पुनर्निर्माण अघि बढाइएको बताउनुभएको छ। आगजनीको पाँच महिनाभित्रै कोटेश्वर शाखा सञ्चालनमा ल्याइएको स्मरण गर्दै उहाँले बाँकी रहेका झापाको दमक र मकवानपुरको हेटौँडास्थित दुई वटा स्टोर पनि पुनर्निर्माणको अन्तिम चरणमा रहेकाले छिट्टै सञ्चालनमा आउने जानकारी दिनुभयो।

ताजा समाचार