जनकपुरधाममा आगलागी हुँदा एक वृद्धको मृत्यु, तीन लाखको क्षति

प्रकाशित मिति:

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–२ घर भएका अवकाशप्राप्त शिक्षक ७० वर्षीय किशोरी सहनी हुनुहुन्छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मध्यराति सबैजना सुतिरहेको अवस्थामा विद्युत् सर्ट भएर एक्कासि आगलागी भएको थियो। आगो सल्किएपछि परिवारका अन्य सदस्य भागेर बाहिर निस्कन सफल भए पनि सहनी भने भाग्ने क्रममा लड्न पुग्दा आगोको चपेटामा परेका हुन्।

स्थानीय तहको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट घरभित्र रहेका सम्पूर्ण घरायसी सामान जलेर नष्ट हुँदा करिब तीन लाख रुपियाँ बराबरको क्षति भएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

ताजा समाचार