कालीगण्डकीको बाढीले पर्वतमा पाँच घर बगायो : तटीय क्षेत्र कटान, स्थानीय विस्थापित

प्रकाशित मिति:

पर्वत। अविरल वर्षासँगै कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँचवटा घर बगाएको छ। बाढीले तीव्र रूपमा कटान गर्न थालेपछि बजार क्षेत्रका कैयौँ घरहरू उच्च जोखिममा परेका छन्।

गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार नदीले धार परिवर्तन गरी बस्तीतर्फ कटान बढाएपछि जोखिममा परेका परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विस्थापित परिवारलाई नजिकैका सार्वजनिक भवन तथा आफन्तको घरमा आश्रय दिने व्यवस्था मिलाइएको छ।

गएरातिदेखि कालीगण्डकीमा पानीको बहाव अप्रत्याशित रूपमा बढेपछि म्याग्दी, पर्वत र बागलुङ जिल्लाका तटीय क्षेत्रहरूमा तीव्र कटान सुरु भएको छ। नदी किनारका दर्जनौँ बस्तीहरू बाढीको प्रत्यक्ष जोखिममा परेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले कालीगण्डकी नदी किनारका सम्पूर्ण बस्तीहरूमा माइकिङ गर्दै सतर्क रहन र नदी किनारमा नजान आग्रह गरेका छन्।

ताजा समाचार