नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन पछाडि सर्‍यो : असोज १८ देखि काठमाडौँमा हुने

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी असोज १८ गतेदेखि काठमाडौँमा हुने भएको छ। यसअघि असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको महाधिवेशन प्रतिकूल मौसमका कारण दुई दिन पछाडि सारिएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा परेको भारी वर्षा र असहज परिस्थितिका कारण प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू प्रभावित भएकाले महाधिवेशनको मिति संशोधन गरिएको जानकारी दिए।

विज्ञप्तिअनुसार पार्टीको वडा र पालिका अधिवेशन सम्पन्न भई प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेकै बेला आएको बाढीपहिरोका कारण तल्लो तहका अधिवेशन प्रक्रियामा ढिलाइ भएको हो। संशोधित कार्यतालिका अनुसार अब १५औँ महाधिवेशनको औपचारिक उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा गरिने कांग्रेस केन्द्रीय कार्यालयले स्पष्ट पारेको छ।

ताजा समाचार