प्रशासन, शिक्षा र इन्जिनियरिङका ४४ उपसचिवको एकसाथ सरुवा

प्रकाशित मिति:

काठमाडौँ —

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का ४४ जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ।

मन्त्रालयका अनुसार प्रशासन, शिक्षा र इन्जिनियरिङ सेवा समूहका उपसचिवहरूलाई विभिन्न निकाय, विभाग तथा स्थानीय तहमा जिम्मेवारी तोकेर सरुवा गरिएको हो।

सरुवा हुने उपसचिवहरूमा लोकबहादुर लोप्चन, गेहनाथ गौतम, गोमादेवी चेम्जोङ, बासुदेव रेग्मी, विनोदकुमार पोखरेल, सीता परियार, मेघनाथ पाध्या, वेदनिधि खनाल, कल्पना घिमिरे नेपाल, चेतराज बराल, डोरेन्द्र निरौला, दीपक ज्ञवाली, गंगाधर पौडेल, टेक कुमार रेग्मी र चित्रांगत बराल रहेका छन्।

त्यसैगरी दीर्घराज उपाध्याय, रामप्रसाद घिमिरे, जयराम श्रेष्ठ, रोजेन्द्रबहादुर अर्याल, शिवप्रसाद लम्साल, हरि पंगेनी, अमृत महर्जन, ज्योति केसी बराल, प्रेमकाजी महर्जन, प्रकाश देवकोटा, अशोककुमार भण्डारी, केशव पौडेल, सिर्जना शर्मा, विष्णुराज बेल्बासे र सचिन्द्रकुमार यादवको पनि सरुवा भएको छ।

यस्तै रोशनकुमार कठायत, सूर्यप्रसाद चापागाईँ, विष्णुप्रसाद पौडेल, जितेन्द्रकुमार यादव, घनश्याम भुसाल, हरिचन्द्र जोशी, केशवराज भट्टराई, अशोक अधिकारी, खेमराज काफ्ले, आशिष अर्याल र अनिल भुजेलसहित ४४ जना उपसचिवलाई नयाँ कार्यक्षेत्र तोकिएको मन्त्रालयले जनाएको छ।

ताजा समाचार