काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबार रातिसम्म कोषका विभिन्न खातामा मौज्दात रकम १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ रुपैयाँ पुगेको छ।
दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकमा १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ रुपैयाँ र दुई बैंकका विदेशी मुद्रा खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर जम्मा भएको छ। सरकारले यसअघि नै कोषमा संकलित रकममध्येबाट बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको जनाएको छ।






