काठमाडौँबाट धनगढीतर्फ आउँदै गरेको बस नवलपरासीमा दुर्घटना हुँदा चालकसहित सात जना घाइते

प्रकाशित मिति:
spot_img

धनगढी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। काठमाडौँबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सुप्र०१–००१ ख २३३० नम्बरको बस बर्दघाट नगरपालिका–४ स्थित ‘यस मोड’ नजिक अनियन्त्रित भई सडकमा पल्टिएको हो।

दुर्घटनामा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्करसिंह धामी, अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढ, दार्चुलाको मार्मा गाउँपालिका–३ का ३० वर्षीया भगवती अवस्थी, कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का र दार्चुलाकै मार्मा–३ का ४८ वर्षीय धनञ्जय जोशी घाइते हुनुभएको छ।

त्यसैगरी, बस चालक कैलालीको गौरीगङ्गा नगरपालिका–१० का ३९ वर्षीय इन्द्र विक र सहचालक गोदावरी नगरपालिका–१ का ४६ वर्षीय मोहन जोशी पनि घाइते भएका छन्। दुर्घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा घाइते सबैलाई उद्धार गरी उपचारका लागि बर्दघाट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

ताजा समाचार