काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ

प्रकाशित मिति:
spot_img

काठमाडौं । काठमाडौँ उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले असोज २६ गतेदेखि २७ गते बिहान ६ बजेसम्म सञ्चालन गरेको अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न उपत्यकाका विभिन्न संवेदनशील क्षेत्रमा अपरेसन चलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्। उनका अनुसार सार्वजनिक कार्यालय, खुला स्थान तथा सार्वजनिक यातायातमा हातपात, हुलहुज्जत, चोरी, लुटपाट, बिचौलिया गतिविधि र गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई लक्षित गरी यो कारबाही गरिएको हो।

पक्राउ पर्नेमा ७६ पुरुष र ११ महिला छन्। यसैगरी अदालतबाट दण्ड–सजाय तोकिएका ९ जना कसुरदार र चालु मुद्दामा फरार रहेका ७ जना प्रतिवादीसमेत पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि आवश्यक थप अनुसन्धान भइरहेको छ।

spot_img

ताजा समाचार