भारतीय रेल्वेद्वारा जनकपुरधाम–अयोध्या साप्ताहिक रेल सेवा सञ्चालनको घोषणा

प्रकाशित मिति:
spot_img

काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने भएको छ। भारतीय सञ्चारमाध्यम ‘द हिन्दू’ का अनुसार भारतीय रेल्वे मन्त्रालयले शनिबार नयाँ रेल सेवा सञ्चालन गर्ने घोषणा गरेको हो।

करिब ६०४ किलोमिटर लामो उक्त रेलमार्गले जनकपुरधामलाई अयोध्याको क्यान्टोनमेन्ट स्टेसनसँग जोड्नेछ। बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै चल्ने रेलको जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा स्टपेज रहनेछ।

रेल्वे मन्त्रालयका अनुसार जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्ने तालिका तय गरिएको छ। जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा उल्लेख गर्दै मन्त्रालयले यी दुई धार्मिक तथा सांस्कृतिक महत्त्वका स्थानलाई रेलमार्गबाट जोड्न लागिएको जनाएको छ।

भारत र नेपालबीच शताब्दीयौँ पुरानो सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै नयाँ रेल सेवाले दुई देशका नागरिकलाई थप नजिक ल्याउने मन्त्रालयको विश्वास छ।

spot_img

ताजा समाचार