काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। कात्तिक महिनाको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ। सञ्चालनमा रहेका बीस वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने बाँकी चौध बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

नयाँ विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर कात्तिकको चार दशमलव शून्य एक प्रतिशतबाट घटेर मंसिरमा तीन दशमलव नौ शून्य प्रतिशत विन्दुमा झरेको छ। त्यस्तै संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि तीन दशमलव शून्य तीन प्रतिशतबाट घटेर दुई दशमलव नौ नौ प्रतिशतमा कायम भएको छ। मंसिर महिनामा व्यक्तिगत र संस्थागत दुवैतर्फ सबैभन्दा बढी ब्याजदर सानिमा बैंकले तोकेको छ।

सानिमाले व्यक्तिगततर्फ चार दशमलव पाँच र संस्थागततर्फ तीन दशमलव पाँच एक प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यस्तै व्यक्तिगत मुद्दतीमा प्रभु र एनएमबि बैंकले चार दशमलव दुई पाँच तथा नेपाल बैंकले चार दशमलव एक पाँच प्रतिशत ब्याजदर तोकेका छन् भने माछापुच्छ्रे बैंकले सबैभन्दा कम तीन दशमलव पाँच प्रतिशत ब्याजदर कायम गरेको छ।






