महेन्द्रनगर । कैलालीमा आगोले जलेर एक जना वृद्धको मृत्यु भएको छ।
कैलालीको घोडाघोडी नगरपालिका–११ आम्बाँसा बस्ने ६० वर्षीय जित बहादुर डगौराको घर नजिकैको झुपडीमा सुतिरहेको अवस्थामा चुलोमा बालेको आगोले जलेर गएको राति मृत्यु भएको हो।
साथै आगलागीबाट झुपडी पूर्णरूपमा जलेर नष्ट भएको छ।