पर्यटन बिकास,कोल्ड स्टोर ,रिङ रोड लगायतका निर्णय पारित गर्दै बेलडाँडीको हिउँदे अधिवेशन सम्पन्न


महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाको १२ औं हिउँदे अधिवेशन महत्वपुर्ण निर्णय पारित गर्दै सम्पन्न भएको छ ।

कञ्चनपुरको बेलडाँडी बिकासका हिसाबले पछाडी परे पनि यस पटक गौरवका योजना पारित गर्दै १२ औं हिउँदे अधिवेशन कृषि क्षेत्रको उत्पादकत्व वृद्धि , सडक सञ्जाल , शीत भण्डारण , स्वच्छ खानेपानी र पर्यटन बिकास गर्ने लगायतका निर्णय पारित गर्दै सम्पन्न भएको छ ।
बिहीवार सम्पन्न गरिएको १२ औं अधिवेशनमा बेलडाँडी गाउँपालिकाका प्रमुख हरिश्चन्द्र रानाका अनुसार “शीत गृह (कोल्ड स्टोर) निर्माण गर्ने , पालिकाका विभिन्न वडाहरुमा किसानका खेतबारीमा बनेको सिमसार डुबानको समस्या समाधान गर्ने , रिङ रोड , खेलमैदान, कालिकिच ताललाइ पर्यटकीय क्षेत्र बिकास र खानेपानीको बृहत् योजना लगायतका निर्णय १२ औं अधिवेशनबाट पारीत गरिएको बेलडाँडी गाउँपालिकाका प्रमुख हरिश्चन्द्र रानाले बताए ।”

ताजा समाचार