कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर खडाइमा गएकी एक जना महिला हात्तीको आक्रमणबाट गम्भीर घाइते

महेन्द्रनगर ।कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खोलेको खर खडाइमा गएका एक जना महिला हात्तीको आक्रमणबाट घाइते भएकी छन् । बेलडाँडी स्थित ढक्का बस्ने ५० वर्षीया ललु सार्की बुधबार दिउँसो खर काट्ने क्रममा घाइते भएकी हुन् ।

एक्स–रे रिपोर्टमा घाइतेको भित्री शरीरमा बढी चोट लागेको देखिएकोले बेलौरी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको ईशान मेमोरियल अस्पतालले जनाएको छ । घाइतेको परिवार आरक्षपीडित समेत रहेकोले उपचार खर्चका लागि याचना समेत गरिरहेको छ ।

ताजा समाचार