कञ्चनपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

महेन्द्रनगर। कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते भएका छन्।


आज (शनिबार ) पुनर्वास नगरपालीका– ५ सिम्रीस्थित धनगढि–बेलौरी हुलाकी सडकमा म १ ह ८२४ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा ३ जना घाइते भएका थिए। घाइते मकवानपुरको हेटौडा उपमहानगरपालीका–१ का ३१ वर्षीय सरोज रिमालको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार अटोमा सवार रामेछापको सुन्थलि नगरपालीका–११ का १८ वर्षीया सबिना घिमिरे र महोत्तरीको मर्दिवास नगरपालीका–४ का २२ वर्षीय शुशिल बुढाथोकि घाइते छन्। दुबै जनाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार