कन्चनपुर । कञ्चनपुर जिल्लामा मलेरियाको उच्च जोखिम रहेको क्षेत्रमा विषादी छर्किएको छ।
आईतबारदेखि जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जिल्लाभरि जोखिम रहेका क्षेत्रमा मलेरियाको विषादी छर्किने अभियान सुरु गरेको छ।
मलेरीयाको उच्च जोखिम रहेको क्षेत्र भीमदत्त नगरपालिका–१ र कृष्णपुर नगरपालिका–५ मा विषादी छर्किन लागिएको हो।
’त्यसैगरी भीमदत्तका वडा नं ९, १० र बेदकोट नगरपालिकाका वडा नं १, २ र ६ का सबै नागरिकलाई झुल वितरण गरिएको छ।
सरकारको योजनाअनुसार सन् २०२५ सम्ममा जिल्लामा मलेरिया शून्यमा झार्ने लक्ष्य लिएर मलेरिया विषादी छर्किने काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।