रुख काटेको आरोपमा बेलौरीका वडाध्यक्ष पक्राउ

प्रकाशित मिति:

कञ्चनपुर । नेकपा एमाले बाट निर्वाचित कञ्चनपुरको बेलौरी नगरपालिका(६ का वडा अध्यक्ष भोजराज चौधरी अनुमति विना रुख कटान गरेको आरोपमा पक्राउ परेका छन् ।

बेलौरीस्थित छोटी भन्सार परिसरमा रहेका रुखहरु गैरकानुनी तरिकाबाट काटिएपछि वडा अध्यक्ष चौधरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय कंचनपुरका कर्मचारी शम्भु प्रसाद तिवारी बताए ।

उनले भन्सारका रूखहरु अबैध रुपमा काटेको वन कार्यालयले जनाएको छ । ‘काठ तस्करी भइरहेको उजुरी सूचनाका आधारमा हामीले निगरानी बढाएका थियौँ ।त्यही आधारमा अध्यक्षलाई पक्राउ परेका हौं ।’

अध्यक्षलाई थप अनुसन्धानका लागि वन कार्यालयको हिरासतमा राखिएको उनले बताए ।

उनी गत ०७९ बैशाख ३० मा स्थानीय तह निर्वाचनमा एमाले पार्टी बाट वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

ताजा समाचार