महेन्द्रनगर । लियो क्लव अफ लिटिल बुद्धले वृद्धाआश्रममा फलफुल वितरण तथा सरसफाई गरेको छ । शनिवार लियो क्लव लिटिल बुद्धले बेदकोट नगरपालिका–८ स्थित श्री बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रका वृद्धवृद्धाहरुलाई फलफुल, दही जलेवी खुवाएको हो । यस्तै क्लवले सरसफाई समेत गरेको छ ।
एमजेएफ लायन डा. भोजराज पन्त, लायन्स क्लव अफ महाकालीका सचिव लायन भाष्कर पन्त, लियो जिल्ला परिषद् ३२५ एन नेपालका जिल्ला उपाध्यक्ष लियो मदन गिरी, सह–सचिव लियो देवेन्द्र खड्का, सह–कोषध्यक्ष लियो सुनिल थापा, लियो क्लव अफ लिटिल बुद्धका पदाधिकारी, एवम् सदस्यहरुको उपस्थितिमा वृद्धवृद्धाहरुलाई फलफुल तथा दहि जेलेवी खुवाइएको र सरसफाई गरिएको लियो क्लव अफ लिटिल बुद्धका सचिव आशिका रावलले बताइन् ।
केही दिन अघि क्लवले महेन्द्रनगरस्थित खुला मञ्च सरसफाई, लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि विद्यालयमा समेतना कार्यक्रम सम्पन्न गरेको थियो । विश्वको सबैभन्दा ठुलो समाजिक संस्था लायन्स क्लव इन्टरनेशनल अन्तर्गतको लियो क्लवहरुले यस्ता सामाजिक कार्य निरन्तर गर्दै आएका छन् ।


