ललिता हेयर एण्ड ब्युटीपार्लरद्वारा देउसी भैलोको रकम भुकम्प पिडितलाई

प्रकाशित मिति:

कञ्चनपुर/पुस १९ । कञ्चनपुर महेन्द्रनगर बजारको गल्ली नं ३  मा रहेको ललिता हेयर एण्ड ब्युटीपार्लरले तिहारमा देउसी भैलो खेलेर उठेको रकम सामाजिक कार्यमा खर्च गरेका छन् ।

ललिता हेयर एण्ड ब्युटीपार्लर ग्रुपले देउसी भैलो खेलेर उठाएको रकम खानपिनमा खर्चेर दुरूपयोग हुने भन्दै उनीहरूले उक्त रकम सामाजिक कार्यमा लगाएका हुन् ।

भीमदत्त नगरपालिका महेन्द्रनगर बजारको गल्ली नं ३  फ्रीलाइनमा रहेको ललिता हेयर एण्ड ब्युटीपार्लरको आयोजनामा देउसी भैलोबाट सङ्कलन भएको रकम रकम जाजरकोटमा भूकम्प पीडित आर्थिक विपन्न,जेहेन्दार ४० जना विद्यार्थीहरुलाई ट्र्याक सुट,सुइटर लुगाहरू समाजिक कार्यकर्ता चन्द्रा एर मार्फत जाजरकोट पठाएर वितरण गरेर सहयोग गरेको ललिता हेयर एण्ड ब्युटी पार्लर सञ्चालक कविता नेगी एरले बताएकी छन्।

उनले विपत्तिमा सबैले सक्दो सहयोगमा जुट्नुपर्ने भन्दै देउसी भैलो खेलेर संकलन गरेको रकम फजुल खर्च गरेर सक्नुभन्दा उक्त रकम पीडित,आर्थिक अवस्था कमजोर भएकालाई थोरै भएपनि सहयोग होस् भनेर सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा आर्थिक सहयोग गर्ने एरले बताइन् । 

ताजा समाचार