कञ्चनपुर/फागुन ३ महेन्द्रनगरबाट काठमाडौंका लागि हिँडेको यात्रु बस कपिलवस्तुमा दुर्घटना भएको छ ।
महेन्द्रनगर वाट काठमाडौं जाँदै गरेको सुदुपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको वस बुधबार राति २ बजे कपिलवस्तुकाे सुरईनाका खाेलामा वस दुर्घटना हुदा १० जनाको मृत्युु भएको छ । ३० यात्रु घाईते भएका छन ।
दुर्घटनाका घाइते भएकाहरु मध्ये सामान्य केहीकाे कपिलवस्तुकै चन्द्राैटामा उपचार भैरहेकाे छ भने अन्य केहीकाे लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुनाैलाे यतायात प्रालिको उक्त वस सुरईनाका खाेलाकाे पुल पार गर्ने बित्तिकै सडकवाट करिव २ सयमिटर तल खाेलामा खसेको हो। नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टाेलीले तत्कालै घटनास्थलवाट समयमै उद्वार गरेको छ ।
रातिदेखि नै आफुहरु उद्वारका लागि घनास्थलमै रहेकाले दुर्घटना के कारणले भएको भन्ने यकिन नभएको कपिलवस्तु जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।


