कपिलवस्तुमा बस दुर्घटना: १० जना मृतकमध्ये ७ जना कञ्चनपुरकै

प्रकाशित मिति:

कञ्चनपुर/फागुन ३ महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

महेन्द्रनगरको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस बुधबार राति कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुलको सडकबाट २०० मिटर तल खसेर बस दुर्घटनामा १० जनाको मृत्यु र ३० जना घाइते भएका हुन् ।

मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका-१६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भाट, भीमदत्त-२ का सुदीप भट्ट र भीमदत्त-९ का विमलादेवी भट्ट रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले बताए ।

दुर्घटनामा ३० जना घाइते मध्ये ९ जनाको बुटवलमा र अरुको कपिलवस्तुकै अस्पतालमा उपचार भइरहेकोछ

ताजा समाचार