ईन्सेक कञ्चनपुरकी जिल्ला प्रतिनिधी लिली कुँवर पुरस्कुत

प्रकाशित मिति:

कञ्चनपुर, फागुन अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक) कञ्चनपुरका जिल्ला प्रतिनिधी लिली कुँवरले उत्कृष्ठ जिल्ला प्रतिनिधी पुरस्कार पाएकी छिन । ईन्सेक केन्द्रीय कार्यालयले जिल्ला प्रतिनिधी कुँवरलाई सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ठ जिल्ला प्रतिनिधीमा छनौट गरेको थियो ।

जिल्ला प्रतिनिधीले मानव अधिकारका क्षेत्रमा उत्कृष्ठ कार्य सम्पादन गरे बाफत नगद पुरस्कार सहित सम्मान गरेको ईन्सेकले जनाएको छ । सोमबार काठमाण्डौँमा एक कार्यक्रमका विच उत्कृष्ठ छनौट भएकी जिल्ला प्रतिनिधी कुँवरलाई प्रमाण पत्र, मायाको चिनो सहित नगद पुरस्कार प्रदान गरिएको हो ।

ईन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल, पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ठ छनौट भएकी जिल्ला प्रतिनिधी कुँवरलाई प्रमाण पत्र, मायाको चिनो सहित नगद पुरस्कार प्रदान गरेका छन । ईन्सेकले नेपाल मानव अधिकार बर्ष पुस्तक ०२४ विमोचन समारोहमा जिल्ला प्रतिनिधी कुँवरलाई उत्कृष्ठ जिल्ला प्रतिनिधीको पुरस्कार प्रदान गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाजिक न्याय मानव अधिकारका क्षेत्रमा थप प्रभावकारी काममा जोडदिईन ।

पुरस्कृत भएकी ईन्सेक कञ्चनपुरकी जिल्ला प्रतिनिधी लिली कुँवरले संस्थाबाट कामको मुल्याङ्गकन गरेर पुरस्कृत गरेपछि आगामी दिनमा थप मानव अधिकारका क्षेत्रमा काम गर्न उत्साह थपिएको अनुभव पोखिन । ईन्सेकले नेपाल मानव अधिकार बर्ष पुस्तक ०२४ विमोचन समारोहमा देशैभरीका जिल्ला प्रतिनिधी सहितको सहभागिता रहेकोे छ ।

ताजा समाचार