रिलायबलद्वारा ७० जना अभिकर्तालाई सम्मान

महेन्द्रनगर । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड महेन्द्रनगर शाखाको आर्थिक वर्ष २०८०/ ०८१ को शाखा स्तरीय एजेन्सी म्यानेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार एक कार्यक्रमका बिच रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड महेन्द्रनगर शाखाले शाखा स्तरीय विभिन्न बिधामा उत्कृष्ट कार्यसम्पादन गर्ने ७० जना अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

उत्कृष्ट कार्यसम्पादनका आधारमा ७० जना अभिकर्तालाई सम्मान गरिएको रिलायबल नेपाल लाईफ इन्स्योरेन्स महेन्द्रनगर शाखाका प्रमुख राजेन्द्र प्रशाद भट्टले बताए ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स महेन्द्रनगर शाखाका प्रमुख भट्टको अध्यक्षतामा अयोजित कार्यक्रममा रिलायबल नेपाल लाईफका सिनियर म्यानेजर एवं बिमा अनुसन्धान तथा तालिम विभाग प्रमुख युवराज शर्मा प्रमुख अतिथि रहेका थिए  ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि रिलायबलका प्रदेश प्रमुख चन्द्र बहादुर बिष्ट, उत्कृष्ट व्यवसाय गर्न सफल सुदूरपश्चिम प्रदेश प्रथम एवं टिम निर्माणमा नेपाल प्रथम नरेन्द्र बहादुर महता र  सुदूरपश्चिम् प्रदेशबाटै सन २०२५ का लागि प्रथम एमडिआरटी योग्य भएकी परम्परा भट्ट लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी कम्पनीको ७ औं वार्षिकोत्सबको अवसरमा वृद्वा आश्रममा खाद्यान्न,लुगा कपडा, मिष्ठान, फलफुल र चप्पल समेत वितरण गरिएको शाखा प्रमुख भट्टले बताए ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ । यस्तै आउदै गरेको हरितालिका तिजलाई समेत मध्यनजर गर्दै तिज विशेष कार्यक्रम समेत गरिएको उनले बताए ।  

ताजा समाचार