जेन-जी घटनाका थुनुवा छुटाउन धर्ना निरन्तर

प्रकाशित मिति:

जेनी-जी विद्रोह भनिएको भदौ २३ र २४ को घटनाका सम्बन्धित थुनुवाहरूको रिहाइ माग गर्दै आज पनि धर्ना दिइएको छ । एक समूहले वैशाख ३१ गतेदेखि माइतीघर मण्डलाको विस्तारित सडक खण्डमा शुरु गरेको शान्तिपूर्ण धर्ना जारी राखेको हो ।

जेन-जी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरेको आरोप लागेका प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाएको छ । सोही घटनामा जोडिएका केही व्यक्ति भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद छन् ।

सरकारले ुकसैलाई काखा र कसैलाई पाखाु गरेको भन्दै अभिभावकहरू सडकमा उत्रिएका हुन् । धर्नामा सहभागीहरूले ुजेन्जी आन्दोलनका निर्दोष थुनुवाहरूलाई रिहा गरु लेखिएको ब्यानर प्रदर्शन गरेका छन् । कैलालीको लम्किचुवा नगरपालिका–४ का ४० वर्षीय देवसरा भण्डारी र पर्साको ठोरी नगरपालिका–४ की ३८ वर्षीया अन्जना श्रेष्ठको उपस्थितिमा धर्ना जारी रहेको जनाइएको छ ।

ताजा समाचार