दौडका क्रममा सशस्त्रका ७ जवान बेहोस, उपचारका लागि काठमाडौं लगिँदै

प्रकाशित मिति:

कैलाली : सशस्त्र प्रहरी बल उग्रतारा गण, भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा नियमित दौडका क्रममा सातजना जवान बेहोस भएका छन् ।

शुक्रबार बिहान ६ बजे नियमित दौडका क्रममा बेहोस भएका सातैजनालाई उपचारका लागि टीकापुर अस्पतालमा लगिएको थियो ।

‘हिट स्ट्रोक’ का कारण उनीहरूको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौं पठाइँदैछ। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरले काठमाडौं लगिँदैछ ।

कैलालीसहित तराई, मधेशका जिल्लामा अत्यधिक गर्मी छ । तापक्रम बढेर ४० डिग्री सेल्सियससम्म पुग्ने गरेपछि तराईका जिल्लाको जनजीव नराम्रोसँग प्रभावित भएको छ ।

ताजा समाचार