एमाले सचिवालय बैठक अध्यक्ष ओलीको निवास गुण्डुमा सुरु, साङ्गठनिक कार्यविभाजन र समसामयिक राजनीतिमा केन्द्रित

प्रकाशित मिति:

काठमाडौ । नेकपा (एमाले) को महत्वपूर्ण मानिएको सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर, गुण्डुस्थित निजी निवासमा सुरु भएको छ। वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै पार्टीको आन्तरिक संरचनालाई थप गतिशील बनाउन यो बैठक आह्वान गरिएको हो। विशेष गरी पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण, नेताहरूको कार्यविभाजन र पछिल्लो राजनीतिक घटनाक्रम लगायतका समसामयिक विषयहरूमा बैठकमा सघन छलफल भइरहेको नेताहरूले जनाएका छन्।

बैठकको मुख्य कार्यतालिकाअनुसार यसअघि भएका विभिन्न साङ्गठनिक छलफलहरूमा पार्टीका पदाधिकारीहरूले उठाएका विविध प्रश्न, चासो र जिज्ञासाहरूको सम्बन्धमा अध्यक्ष ओलीले स्पष्ट पार्दै सम्बोधन गर्नुहुनेछ। कार्यसूची अनुसार बैठकले पार्टीको समग्र साङ्गठनिक ढाँचालाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउनका लागि आवश्यक जिम्मेवारी बाँडफाँट गर्नेछ। यसका साथै, पार्टीका आगामी योजनाहरूलाई मूर्त रूप दिन विभिन्न विशिष्ट कार्यदलहरूको गठन सम्बन्धी महत्वपूर्ण र ठोस निर्णयहरू समेत यसै बैठकबाट पारित हुने बताइएको छ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार