काठमाडौँ । मठ, मन्दिरमा आगो लगाउने घोषणा गरेका जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका परियार काठमाडौँको टोखाबाट पक्राउ परेका हुन् । उनलाई अनुसन्धानको लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
२७ वर्षीय परियारले अनामनगरस्थित संवाद डबलीमा बोल्दै ‘मठ मन्दिरमा आगो लगाइदिन्छौँ’ भनेका थिए । उनले समान अधिकार नभए देशभर विद्रोह गर्ने चेतावनी दिएका थिए ।
हिजोदेखि नै दलितलाई नारकीय जीवन जिउन बाध्य बनाइएको र गाउँमा दलितको अवस्था दयनीय रहेको उनको भनाइ युट्युब च्यानलहरूबाट प्रसारित भएको छ । परियार टोखा नगरपालिका वडा नम्बर–८ स्थित बानियाँटारमा बस्दै आएका छन् ।



