काठमाडौ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज (सोमबार) प्रदेश सभामा पेस गर्दैछ। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको उक्त नीति तथा कार्यक्रम दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गर्ने कार्यक्रम छ।
मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमका अनुसार हिजोको क्याबिनेट बैठकले नीति तथा कार्यक्रम पारित गर्नुका साथै सुदूरपश्चिम प्रदेश विकास परिषदबाट स्वीकृत दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदालाई समेत अनुमोदन गरेको छ। यस निर्णयसँगै प्रदेशको नयाँ पञ्चवर्षीय योजना आजैदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।



