सुदूरपश्चिम सरकारको बजेट सिद्धान्तमाथि छलफल

प्रकाशित मिति:

महेन्द्रनगर। सुदूरपश्चिम प्रदेश सरकारले सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट ९विनियोजन विधेयक०को सिद्धान्त र प्राथमिकतामा छलफल सुरु भएको छ ।

आज बसेको प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल थालिएको हो । छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, नेपाली कम्युनिस्ट पार्टीका गीतादेवी माल र नेकपा ९एमाले०का प्रमुख सचेत चक्र मल्लले भाग लिनुभयो ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाको प्रस्तावमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न लागिएको हो । मन्त्री थापाले केही दिन अगाडि मात्रै प्रदेश सरकारको बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो ।

ताजा समाचार