आज संसदका दुई समितिको बैठक: कार्यविधि र उपसमिति गठन मुख्य एजेन्डा

प्रकाशित मिति:

काठमाडौं । आज प्रतिनिधि सभा मातहतका दुई महत्त्वपूर्ण संसदीय समितिहरूको बैठक बस्दैछ। संसदीय मामिलालाई व्यवस्थित बनाउने उद्देश्यका साथ आज कानुन तथा शिक्षा समितिको बैठक बोलाइएको हो।

जसअनुसार, बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने कार्यसूची छ। उक्त बैठकमा समितिको कार्यक्षेत्र निर्धारण र भावी कार्यविधिका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

यस्तै, मध्यान्ह ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ। सो बैठकले समितिको आन्तरिक कार्यविधिलाई पारित गर्नुका साथै विशेष कार्यका लागि उपसमिति गठन गर्ने सम्बन्धमा महत्त्वपूर्ण छलफल गर्ने कार्यतालिका रहेको छ।

ताजा समाचार